महालक्ष्मी विकास बैंकद्वारा सूर्यचन्द्र विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सापेबगरस्थित उक्त विद्यालयलाई सहयोग गरेको हो ।

क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले एक शाखा एक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ, संस्थाहरुलाई सहयोग गर्दै आइरहेका छ ।

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स