एनएमबि बैंकको बचत खातामै फिक्स डिपोजिटको ब्याज

‘एनएमबि मेरो क्रमिक खाता’

काठमाडौं । एनएमबि बैंकका ग्राहकले बचत खातामै फिक्स डिपोजिट (मुद्दति निक्षेप)को सुविधा पाउने भएका छन् । यसका लागि बैंकले ‘एनएमबि मेरो क्रमिक खाता’ (रिकरिङ डिपोजिट)सञ्चालनमा ल्याएको छ ।

मेरो क्रमिक खाताबाट एनएमबि बैंकका ग्राहकले मुद्दति निक्षेपकै ब्याजदरको लाभ लिन सक्छन् । यो खाता ५ वर्षसम्म रकम राख्न सकिन्छ । यो खाताबाट पाइने लाभ फिक्सडिपोजिट समान भए पनि एक मुष्ठ रकम भने बचत गर्नु पर्दैन । मासिक रुपमा रकम बचत गर्दै जानु पर्छ ।

यस योजनामा सहभागी हुन ग्राहकले मासिक बचत गर्ने रकम र मिती छनोट गर्नुपर्छ । तोकिएको मितिमा घोषणा गरिएको रकम खातामा उपलब्ध नभए ग्राहकले २८ दिनको ग्रेस अवधि प्राप्त गर्छन् ।

ग्राहकले न्यूनतम एक हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको प्याकेज छनोट गर्न सक्छन् । ग्राहकले आफ्नो क्षमता वा चाहाना अनुरुप प्याकेजको संख्या छनोट गर्न सक्छन् ।

उक्त रकम मासिक रुपमा मेरो क्रमिक खातामा जम्मा हुँदै जान्छ । मेरो क्रमिक बचतमा रकम राख्नका लागि एनएमबि बैंकमा खाता रहेको हुनु पर्छ । उक्त खाताबाट प्रत्येक महिना ग्राहकले घोषणा गरेको रकम मेरो क्रमिक खातामा जम्मा हुँदै जान्छ । चैत महिनाका लागि एनएमबि बैंकले मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर घोषणा गरेको छ । मेरो क्रमिक बचत खातामा रकम जम्मा गर्नेले ५ वर्षको अवधिसम्म हाल कायम ११.०३ प्रतिशतको ब्याजदरको लाभ लिन पाउँछन् ।

उच्च ब्याजदरका साथै बैंकले मेरो क्रमिक खाता धनीलाई जीवन बीमाको सुविधा पनि उपलब्ध गराउँदै आएको छ । ग्राहकले ५ लाख रुपैयाँ (मासिक डिपोजिटको १० गुणा) वा अधिकतम २५ लाख रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्नेछन् । ग्राहकले बचत सुरु गरेको ३ महिना कुल बचतको ९० प्रतिशतसम्म कर्जा उपयोग गर्न सक्छन् । यदि ग्राहकले ५ वर्षको अवधि नपुग्दै बैंकसँगको समझदारी टोड्न चाहेमा पनि गर्न सक्छन् । यसमा एफडीको जस्तो उच्च जरीवाना लाग्दैन । ग्राहकले प्रत्येक डिपोजिट बराबर १० रुपैयाँ जरीवाना तिरेर एनएमबि मेरो क्रमिक खाता योजनाबाट बाहिरिन सक्छन् ।

मेरो क्रमिक बचत खातामा कसरी सहभागी हुने

सबै उमेरका नेपाली मेरो क्रमिक बचत खाता खोल्नका लागि योग्य हुनेछन् । मेरो क्रमिक बचत खाता भनेको बचत योजना हो । यसमा योजनामा सहभागी हुनका लागि एनएमबि बैंकमा खाता हुन आवश्यक छ । खातावालले मेरो क्रमिक बचत खाता लागि पूर्ण रुपमा भरिएको अनुरोध फारम भर्नु पर्ने हुन्छ । साथै नागरिकताको फोटो कपी, पासपोर्ट साइजको फोटो र समझदारी पत्र (मासिक कुन मितीमा कति रकम राख्ने) आवश्यक पर्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स