एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा दीपेश कुमार वैद्य नियुक्त

काठमाडौं । एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपेश कुमार वैद्य नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको बैंठकले दीपेश कुमार वैद्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनीसँग स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव रहेको छ ।

उनले यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव बटुलीसकेका छन् ।

वैद्यले २०७८ साल चैत ६ गतेदेखि आफ्नो कार्यभार सम्हालेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स