दम्पतीले १ करोड रुपैयाँसम्म आवास कर्जा पाउँछन् : रमण नेपाल

नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित नागरिक लगानी कोषले २०४८ माघ १ देखि कारोबार सुरु गरी अहिलेको अवस्थामा आईपुग्दा विभिन्न १२ वटा कार्यक्रमहरुमा करीव ८ लाख भन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पुर्याउन सफल भएको छ ।

सरकार, नीजि क्षेत्र र सर्वसाधारणको शेयर लगानीमा स्थापित यस कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड पुगेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम (फन्ड) १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेको छ । कोषले लगानी गर्दा स्रक्षित र उच्च प्रतिफलमूखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दछ।

कोषका विभिन्न कार्यक्रमहरुमा सहभागी हने सम्भावना भएको संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालिन दायित्वहरुलाई व्यवस्थापन गर्न गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाण्डौं उपत्यका बाहिर विराटनगर, पोखरा तथा बुटवलमा शाखा कार्यालय संचालन गरिसकेको छ ।

योसगै सुदूरपश्चिम प्रदेशको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा शाखा विस्तारको लागि प्रक्रिया शुरु गरिसकेको छ । आगामी वर्ष थप २ वटा शाखा कार्यालय विस्तार गर्ने कार्यक्रम रहेको छ भने हाल संचालन भइरहेका र अब खुल्ने शाखा कार्यालयहरुलाई प्रदेश कार्यालयको रुपमा स्तर बद्धि गरी संचालन गरिने छ । ५ कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता देखि नयाँ सफ्टवेयर संचालनमा ल्याइसकिएको छ ।

राष्ट्र सेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सीजीएएस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सम्पूर्ण सहभागीहरुलाई सापटी तथा अन्तिम भुत्तानी एनसीएचएलको कनेक्ट आईपीएस मार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठीत संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै कोषले प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ भने भुक्तानी प्रणाली कनेक्ट आईपीएस मार्फत हुने व्यवस्था भैसकेको छ।

कोषको भौतिक पूर्वाधार, मानविय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरुमा सुधार र संसोधन भैरहेको छ । अतः कोषले आफ्नो संगठनात्मक संरचनालाई अझ चुस्त दुरुस्त र व्यवसायिक बनाउन ऐन नियम कानुनको परिधिभित्र बसेर आफनो कार्यलाई अगाडि बढाएको छ।

यसै वर्षदेखि नवनिर्मित यस भवनवाट सम्पूर्ण सेवा प्रवाह शुरु गरेको छ भने पहिले कार्यालय रहेको स्थानमा कर्पोरेट भवन बनाउन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागको सहकार्यमा नक्सा तयार गर्ने काम सम्पन्न भएको छ भने आगामी बर्षदेखि भवन बनाउने कार्य अघि बढाइने छ।

कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पूर्नविमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छटयाइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर हो भने यसले पुँजी बजारको विकास, विस्तार र विश्वसनीयतामा महत्वपुर्ण योगदान पुऱ्याउने छ ।

कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको छ । कोषले आवास कर्जा बापत सहभागीलाई निजको १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरका रकम प्रदान गर्न सुरु गरी सकेको छ । कोषका कार्यक्रममा श्रीमान र श्रीमती दुवै सहभागी भएको भए सो आवास कर्जा सीमालाई १ करोड रुपैयाँसम्म सुबिधा प्रदान गर्ने व्यवस्था सुरु गरिसकेको छ ।

विगत लामो समयदेखिको कोभिड-१९ को महामारी तथा त्यसको प्रभाव कम गर्न गरिएको लकडाउनका कारण समग्र अर्थतन्त्रमा पर्न गएको प्रभावले नागरिक लगानी कोषलाई पनि केही प्रभाव पारेको थियो ।

उक्त प्रभावलाई न्यूनीकरण गर्दै कोषको कारोवारलाई विस्तारै पूर्ववत रुपमा संचालनको अवस्थामा ल्याइसकिएको छ भने हाल अर्थतन्त्रमा देखिएको तरलता अभावको समस्यालाई न्यूनीकरण गर्न कोषले आफ्नो तर्फ बाट पनि योगदान पुर्याईरहेको छ ।

साथै, सहभागी तथा शुभेच्छुकहरुबाट प्राप्त भएको अमुल्य सुझाव, सल्लाह र प्रतिक्रियाहरुलाई सम्मानका साथ नागरिक लगानी कोषको व्यवस्थापनले स्वीकर गर्ने गरेको छ । कोषले आफूलाई नेपालको समद्धिको सहयात्रीको रुपमा अघि बढाइरहेको छ । नेपालको आर्थिक वद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ दिई रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

(नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सवमा कार्यकारी निर्देशक रमण नेपालले राखेका मन्तब्य)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स