माछापुच्छ्रे बैंकद्वारा आगलागी पिडितलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले आगलागी पिडित ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ । बैंकले फागुन २८ गते सप्तरी अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं.४ टोल टेगंरीका भएको आगलागी पिडित घर परिवारलाई सहयोग गरेको हो ।

उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गाउँपालिका ।वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं.२ को प्रदेश उप प्रमुख बिनेश ठाकुरको पनि उपस्थितिमा रहेको थियो ।

माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स