एक अर्ब बढीको ऋणपत्र जारी गर्दै बैंक अफ काठमाण्डू

काठमाडौं । बैंक अफ काठमाण्डूले १ अर्ब १० करोडको डिबेञ्चर९ऋणपत्र० जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो ।

बैंकले सो ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

बैंक अफ काठमाण्डू कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको छ । बैंकले ९९ शाखा, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स