काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयू वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सीसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त सीसीयू वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
माछापुच्छ्रे बैंकले बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको छ ।
बैंकले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।