ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेता महासंघबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ ।

बैंक र महासंघबीच ग्यास बिक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।

यस सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना भुक्तानी साझेदारहरु स्मार्ट चोइस टेक्नोलोजिज र फोनपेसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवर्धनका लागि ग्यास बिक्रेता महासंघ नेपालसँग समन्वय गरेको हो ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघसंस्थासँग सम्झौता गर्दै आएको छ ।

महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स