युवाका लागि एनएमबिको ‘यु-वाह डीजी सेभिङ’

काठमाडौं । युवा वर्गलाई बैंक वित्तीय क्षेत्रमा आकर्षित गर्नका लागि एनएमबि बैंकले युवा लक्षित ‘यु-वाह डीजी सेभिङ’ एकाउन्ट सञ्चालनमा रहेको छ । युवाहरूको गतिशिल आवश्यकतालाई पूर्ति गर्न बैंकले यु-वाह डीजी सेभिङ एकाउन्ट सञ्चालनमा ल्याएको हो । युवाहरूको आवश्यकतालाई मध्येनजर गरी उनीहरूको चाहना पूर्ति गर्ने उक्त एकाउन्टको लक्ष्य रहेको छ ।

१८ देखि ४० वर्षका नेपाली युवा उक्त खाता खोल्नका लागि योग्य हुनेछन् । खाता खोल्नका लागि पूर्ण रुपमा भरिएको व्यक्तिगत खाता खोल्ने फारम, नागरिकताको फोटो कपी र एउटा पासपोर्ट साइजको फोटो आवश्यकता पर्ने बैंकले जानकारी दिएको छ । साथै भिडियो कल तथा अनलाइनबाट यो लिंक क्लिक गरेर खाता खोल्न सकिन्छ ।

यु-वाह डीजी सेभिङ खाता जिरो ब्यालेन्स पनि खोल्न सकिने खाता हो । उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क ओम्नी च्यानल बैंकिङ रहेको छ । साथै खाता खोलेको पहिलो वर्ष एनएमबि डिलाइट डेबिट र क्रेडिट कार्ड निःशुल्क प्रयोग गर्न सकिन्छ । साथैै एक वर्षका लागि निःशुल्क एनएमबि डलर कार्ड सञ्चालन र टपअपको सुविधा पनि बैंकले उक्त खाता धनीलाई प्रदान गर्दै आइरहेको छ ।

बैंकले सो खाता खोल्ने युवालाई डिम्याट, मेरोसेयर र आस्वा सेवा पनि १ वर्षका लागि निःशुल्क प्रदान गरेको छ । मोबाइल बैंकिङबाट भुक्तानी गर्दा अधिकतम १२ सय रुपैयाँसम्म क्यास ब्याकको पनि व्यवस्था छ । एनएमबि ओम्नी च्यानलबाट एक वर्षसम्म निःशुल्क अन्तर बैंक रकम ट्रान्सफर (अधिकतम प्रति महिना ३० कारोबार) गर्न सकिन्छ । बैंकले सम्झौता गरेका विभिन्न रिटेल तथा आउटलेटहरूमा छुटका साथै बैंकले प्रदान गर्ने अन्य सेवा समेत निःशुल्क अनुरोध गर्न सकिने छ ।

यसका साथै बैंकले यु-वाह डीजी सेभिङ खाता धनीका लागि विशेष अफर पनि प्रदान गर्दै आइरहेको छ । युवाहरूले शैक्षिक कर्जाको प्रक्रिया अघि बढाउँदा सेवा शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था छ । एनएमबि डीजी खालावालले शैक्षिक कर्जामा ०.५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यस्तै अन्य बैंकको एटीएमबाट रकम झिक्दा कुनै शुल्क लाग्दैन । यु-वाह डीजी सेभिङ खाताको विस्तृत विवरण यहाँबाट हेर्न सकिन्छ ।

यसका साथै एनएमबि बैंकले एनएमबि भिडियो एकाउन्ट ओपनिङ, एनएमबि इन्भेष्टर सेभिङ, साहारा बचत, जीवन चक्र, प्रिमियम सुपर तलव खाता, उमङ्ग बचत खातालगायतका बचत खाता सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स