सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर ओखलढुंगाको रुम्जाटारमा

काठमाडौं । सिभिल बैंकले ओखलढुंगा जिल्लाको रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरे ।

अब त्यस रुम्जाटारका सेवाग्राहीहरुले यातायात व्यवस्था कार्यालयसँग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन ।

बैंकले हालसम्म करिब सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स