सेयर कर्जामा कुन बैंकको कति लगानी ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ८२ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले माघ मसान्तसम्म ८२ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

सेयर धितोकर्ता मार्फत् बैंकहरुले अधिकतम ७ अर्ब र न्युनतम ६८ लाख रुपैयाँसम्म कर्जा प्रवाह गरेका छन् । ७ अर्ब भन्दा बढी सेयर धितो कर्जा प्रवाह गर्ने २ बैंक रहेका छन् । १ करोड रुपैयाँभन्दा सेयर धितो कर्जा प्रवाह गर्ने पनि २ बैंक रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

सेयर धितो मार्फत् कर्जा दिनेमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा देखिएको छ । ग्लोबल आईएमीई चालु आवको पहिलो ७ महिनामा ७ अर्ब ४८ करोड १२ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

दोस्रो स्थानमा नबिल बैंक रहेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड ८२ लाख सेयर धितो कर्जा प्रवाह गरेको छ ।
सेयर धितो मार्फत् कर्जा दिनेमा तेस्रो स्थानमा सरकारी स्वाभित्वको नेपाल बैंक रहेको छ । नेपाल बैंकले ५ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

चौथो स्थानमा अर्को सरकारी स्वामित्वको राष्ट्रय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ७० करोड ७१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

एक करोड रुपैयाँभन्दा कम सेयर धितो कर्जा स्ट्यान्डर्ड चाटर्ड बैंक र नेपाल एसबीआई बैंक रहेका छन् । स्ट्यान्डर्ड चाटर्डले ९५ लाख र नेपाल एसबीआईले ६८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

यस्तो छ वाणिज्य बैंकहरुले प्रवाह गरेको सेयर धितो कर्जा:

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स