२७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल, कुन बैंकको नाफा कति ?

काठमाडौं । गत आर्थिक वर्षको असारमसान्तसम्म २७ वटै वाणिज्य बैंकहरूले वित्तीय विवरण प्रकाशित गरेका छन् । कोभिड महामारी के बीच बैंकहरूले नाफा बढाएका हुन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैैंक, सिभिल, नेपाल एसबीआई बैंकको नाफा घटेको छ भने अन्य सबै अन्य सबैं बैंकले नाफा बढाएका छन् ।

गत आवमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक परेको छ । नबिल बैंकले गएको आवमा ४ अर्ब ५० करोड नाफा कमाएका छ । गएको आवमा बैंकको नाफा ३ अर्ब ४६ करोड रुपैयाँमात्र थियो ।

बढी नाफा कमाउने बैंकको दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक परेको छ । बैंकले गएको आवमा ४ अर्ब १२ करोड नाफा कमाएको थियो भने अघिल्लो आवमा २ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।


बैंकले गत आर्थिक वर्षको असारमसान्तसम्म राष्ट्रिय वाािण्ज्य बैंकले ३ अर्ब ७९ करोड नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा कम हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ३७ करोड नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकको नाफामात्रै ४ अर्बभन्दा माथि थियो । गएको वर्ष भने बैंकको नाफा घटेको छ ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये ६ वटा बैंकको नाफा ३ अर्बभन्दा माथि छ । ३ अर्बभन्दा बढी नाफा गर्ने बैंकमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक, एनआईसी एशिया बैंक र नेपाल बैंक रहेका छन् ।

त्यसरी नै ७ वटा बैंकको नाफा २ अर्बभन्दा माथि र ३ अर्बको बीचमा रहेको छ । हिमालयन बैंकको नाफा २ अर्ब ९९ करोड रहेको छ भने एनएमबि, मेगा, नेपाल बंङ्गलादेश बैंक, सानिमा बैंक, प्रभु र कुमारी बैंकको नाफा पनि २ अर्बभन्दा माथि रहेको छ ।

अन्य ७ वाणिज्य बैंकको नाफा पनि १ अर्बभन्दा माथि र २ अर्बभन्दा कम रहेको छ । एभरेष्ट बैंकले गएको आवमा १ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ । माछापुच्छ्रे, सिटिजन, लक्ष्मी, बैंक अफ काठमाडौं स्टाण्डर्ड चाटर्ड, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको नाफा भने एक अर्बभन्दा माथि रहेको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स