ग्लोबल आइएमई बैंकद्वारा कटारी शाखाको उद्घाटन सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंकले औपचारिक रुपमा कटारी शाखाको उद्घाटन सम्पन्न गरेको छ । बैंकले अध्यक्ष चन्द्रप्रसाद ढकाल, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ लगायतको उपस्थितीमा मंगलबार शाखाको उद्घाटन गरेको हो ।

बैंकले स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स