नबिल इन्भेष्टमेन्ट बैंकिङद्वारा धितोपत्रबारे जानकारी मूलक कार्यक्रम संचालन

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले सूदुरपश्चिम प्रदेशको धनगढीमा धितोपत्र बजारबारे जानकारी मूलक कार्यक्रम संचालन गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट जारी गरेको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा कम्पनीका ईन्भेष्टमेन्ट बैंकिंङ विभाग प्रमुख विकाशचन्द्र भण्डारीले नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी दिएका थिए ।

धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरु तथा यसबाट हुने जोखिमहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा कम्पनीका उक्त कार्यक्रम संचालन गरिसकेको छ ।

स्थापना कालको १३औं वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

५० लाखभन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स