लघुवित्तको खराब कर्जा ७० प्रतिशतसम्म (कुनको कति)

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा ७० प्रतिशतसम्म पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालु आवको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख वित्तीय सूचकमा यस्तो देखिएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको उक्त विवरण अनुसार बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थाको खराब कर्जा ६९.८१ प्रतिशत रहेको छ । बुद्ध ज्योति लघुवित्त वित्तीय संस्था नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत छैन ।

घोडीघोडा लघुवित्ती वित्तीय संस्था ८.५९ प्रतिशत खराब कर्जासहित दोस्रो स्थानमा रहेको छ । घोडीघोडा लघुवित्तलाई युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले प्राप्ती गरिसकेको छ । घोडीघोडा लघुवित्तको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु पुस ३० गतेदेखि युनिक नेपाल लघुवित्त वित्तीय संस्थामा सरिसकेको छ । उक्त दिनबाट यी दुई संस्थाले युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् । घोडीघोडा लघुवित्तले २०७६ असारमा सर्वसाधारणा लागि आईपीओ जारी गरेको थियो ।

६.२० प्रतिशत खराब कर्जा सहित नाडेप लघुवित्त वित्तीय संस्था तेस्रो स्थानमा रहेको छ । नाडेप लघुवित्त डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग मर्ज हुने प्रक्रियामा रहेको छ । २०७७ पुस १५ गते डिप्रोक्स र नाडेपबीच प्राप्तिका लागि समझदारी भइसकेको छ । हाल नाडेपको सेयर कारोबार रोक्का रहेको छ ।

सर्वाधिक खराब कर्जाको आधारमा नेष्डो समृद्ध लघुवित्त चौथो स्थानमा रहेको छ । नेष्डोले भर्खर मात्र सर्वसाधरणका लागि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । लघुवित्तको सेयर मंगलबार बाँडफाढ भएको छ ।
सबैभन्दा कम खराब कर्जा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको रहेको छ । आरएमडीसी लघुवित्तको खराब कर्जा ०.०५ प्रतिशत रहेको छ ।

औषतमा लघुवित्तहरुको खराब कर्जा २.६१ प्रतिशत रहेको छ ।

खराब कर्जा भनेको के हो ?

खराब कर्जालाई नन पर्फमिङ लोन (एनपीएल) भनिन्छ । बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि ऋणीलाई दिइएको कर्जा समयमा उसुल गर्न सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ ।

बैंक तथा वित्तीय संस्थाले निश्चित समयमा भुक्तानी गर्ने सर्तमा ऋण उपलब्ध गराउँछन् ।

केही ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्न पनि सक्छन् । कर्जा विस्तार गरेको मितिले ९० दिनपछि सम्म पनि बैंक तथा वित्तीय संस्थाले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जामा गणना गरिन्छ ।

सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ ।

सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर बैंक तथा वित्तीय संस्थाले नाफा आर्जन गर्ने गर्दछ । लगानी गरेको पैसा नै नउठ्दा बैंक तथा वित्तीय संस्थाको नाफामा गिरावट आउदा बैंकले नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । खराब कर्जा बढेर समस्याग्रस्त अवस्थामा पुगेको बैंक तथा वित्तीय संस्थामा लगानी गर्नु जोखिम पूर्ण हुन्छ ।

खराब कर्जा ५ प्रतिशत भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा आर्जन गरेपनि लाभांश वितरण गर्न सक्दैन । यसले ऋणको गुणस्तरीयतासँगै व्यवस्थापनको अवस्था पनि देखाउँछ । कराब कर्जा जति कम भयो, त्यति राम्रो मानिन्छ । त्यसैले खराब कर्जा कम भएको कम्पनी लगानीका लागि छनोट गर्नुपछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/03/Key-Financial-Indicators-of-Microfinance-Institutions-as-on-Poush-end-2078.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स