नबिल बैंकद्वारा ‘नबिल एफडी कार्ड’ योजना सार्वजनिक

काठमाडौं । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल फिक्सड डिपोजिट कार्ड योजना शुरू गरेको हो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बैंकका मुद्दती निक्षेप ग्राहकहरूलाई क्रेडिट कार्ड सुविधा योजना ल्याएको हो ।

नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नह्ने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको बैंकले जानकारी दिएको छ ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्ने जनाएको छ । प्रयोगकर्ताले यो कार्ड पिओएस (एइक्) वा एटिएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् ।

यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता वस्तुहरु खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावालरग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यहरुका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्परसुविधा प्रदान गर्दछ । यस योजना अन्तर्गत २ लाख प्रतिकार्ड सिमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सिमा प्राप्त गर्न सकिनेछ ।

यो मुद्धती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११.०३ प्रतिशतका दरले ब्याज समेत आर्जन गर्न सक्नेछन् ।

यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने नबिल बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स