एक रुपैयाँको नयाँ सिक्का प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का बुधबारदेखि चलचल्तीमा ल्याउने भएको छ । सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैंकले जनाएको छ ।

सिक्काको अग्रभागको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहनुका साथै हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । यसको माथिल्लो भागमा अङ्ग्रेजी अक्षरमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा रुपैँया १ लेखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स