नबिल बैंकको नाफा साढे ४ अर्ब माथि, किन घट्यो ईपीएस ?

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ४६ करोड नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेको छ । चुक्ता पुँजीको तुलनामा नाफा बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ ।

बैंकको सेयर क्यापिटल तथा चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३७.११ प्रतिशत बढ्दा प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ७६ पैसा घटेर ३२ रुपैयाँ ५४ पैसामा झरेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स