महालक्ष्मी विकास बैंकद्वारा विद्युतीय आरओ प्लान्ट हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको पकडी शाखाले ईलाका प्रहरी कार्यालयलाई शुद्ध खानेपानी लागि विद्युतीय आरओ प्लान्ट हस्तान्तरण गरेको छ । बैंकले एक शाखा, एक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी कार्यलयलाई आरओ प्लान्ट हस्तान्तरण गरेको हो ।

स्वस्थ जीवनयापनकालागी शुद्ध खानेपानी अति आवश्यक रहेको बताउँदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उद्देश्यले आरओ प्लान्ट हस्तान्तरण गरिएको कुरा बताए ।

उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानियहरुकोे उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स