ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट नेपाल आइडलमा मनपरेको प्रतियोगीलाई भोट गर्न पाउने

काठमाडौं । अब ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट नेपाल आइडलमा भोट गर्न सकिने भएको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकले बैंकको एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी नेपाल आइडल सिजन–४ मा आफूलाई मनपरेको प्रतियोगीलाई भोट गर्न पाउने भएका हुन् ।

बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनि जितका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स