ग्लोबल आइएमई बैंकको नाफामा छलाङ, ईपीएस पनि २० रुपैयाँ नजिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब १२ करोड बढी नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८७ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३८.०५ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स