बैंकहरुमा निक्षेप बढ्न थाल्यो

काठमाडौं । फागुनको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । फागुनको तेस्रो साता बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । फागुन २० गतेसम्म बैंकहरुको निक्षेप संकलन ४३ खर्ब २४ अर्ब रुपैयाँ रुपैयाँ रहेको छ । फागुन १३ गतेसम्म बैंकहरुले ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

ब्याजदर १२ प्रतिशत पुर्याउँदा पनि फागुनको दोस्रो सातासम्म बैंकहरुको निक्षेपमा उल्लेखनिय सुधार देखिएको थिएन् । तर, तेस्रो साता भने निक्षेप बढ्न थालेको छ ।

एक सातामा बैंकहरुले ५ अर्ब रुपैयाँ एक कर्जा विस्तार गरेका छन् । फागुनको तेस्रो सातासम्म बैंकहरुले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फागुनको दोस्रो सातासम्म बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स