एसबिआई बैंकको नाफा र ईपीएस ह्वात्तै घट्यो

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ५४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफामा संकुचन आएको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.१४ प्रतिशत घटेको छ ।समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा समेत ३८.५२ प्रतिशत घटेको छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ( ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ७ रुपैयाँ ११ पैसा घटेर १० रुपैयाँ १२ पैसामा खुम्चिएको छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.४१ गुणा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स