सनराइज बैंकको नाफा १ अर्ब ५८ करोड, ईपीएस १६ रुपैयाँ

काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३९ प्रतिशत बढी हो । बैंकले गएको आर्थिक वर्षमा १ अर्ब ३५ करोड नाफा कमाएको थियो ।

बैंकको सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो । तर, खुद ब्याज आम्दानी भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६० करोड १५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ भने नेट फि तथा कमिशन आम्दानी ११.८३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १८.९१ प्रतिशत बढेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६८ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ २६ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २२.९२ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स