एनसीसी बैंक र नारायणी सामुदयिक अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र भरतपुरस्थित नारायणी सामुदयिक अस्पतालबीच सम्झौता भएको छ ।

बैंक र अस्पतालबीच बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।

यस सम्झौता मार्फत बैंकको ग्राहक र कर्मचारीलाई नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट पाउनेछन् ।

एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स