काठमाडौं । नेपाल बैंक र पोखरा विश्वविद्यालय बीच सम्झौता भएको छ । बिहीबार बैंक र विश्वविद्यालयबीच कर्मचारी र विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने बारेमा सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपकबहादुर भण्डारी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।
यस सम्झौता अन्तर्गत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापकरशिक्षकरकर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैंकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गर्नेछ ।
यसका साथै बैंकले उनीहरुलाई भिसा डेबिट कार्ड र मोबाइल तथा इन्टरनेट बैंकिङ रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५ प्रतिशत छुट प्रदान दिने, जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५ प्रतिशत छुट दिने र डिम्याट मेरो सेयर रजिष्ट्रेसन सुविधा निःशुल्क उपलब्ध गराउने छ ।