काठमाडौं । नेपालको स्थापित र उत्कृष्ट बैंक तथा वित्तीय संस्थामध्ये सर्वोउत्कृट बैंक हो, नबिल बैंक । व्यवसाय विस्तारमा आक्रमक तथा लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंकको रुपमा नबिलको नाम अग्र स्थानमा आउँछन् । लामो समयदेखि नबिल सर्वाधिक नाफा कमाउने बैंक मध्येमा शीर्ष स्थानमा रहँदै आएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा नबिल बैंकले ३ अर्ब ४६ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । उक्त वर्षको नाफाबाट नबिल बैंकले आफ्ना सेयरधनीहरूलाई ३८ प्रतिशत लाभांश दिएको छ । निरन्तर उच्चतम प्रतिफल दिँदै आएकाले वाणिज्य बैंकहरूमध्येमा नबिलको सेयर प्रति लगानीकर्ताको लगाव पाउन सकिन्छ ।

व्यवसायिक तथा अनुभवी व्यवस्थापन र स्मार्ट तथा मेहिनेती कर्मचारीका कारण नबिल बैंक अहिलेको मुकाम हासिल गर्न सफल भएको हो । नबिल बैंकलाई अहिले सेलिब्रेटी प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकेशरी शाहले लिड गरिरहेका छन् भने, डलर अर्बपति व्यवसायी विनोद चौधरी प्रमुख लगानीकर्ताका रुपमा रहेका छन् । अनुभवी नेतृत्व र प्रतिष्ठित घरानाको लगानीले गर्दा पनि ग्राहक तथा लगानीकर्ताको रोजाइमा नबिल बैंक पर्दै आइरहेको हो ।

नबिल बैंकको व्यवसायी यात्रा

२०४१ सालमा विदेशी लगानीमा निजी क्षेत्रबाट पहिलो पटक स्थापना भएको अरब बैंकको नयाँ स्वरुप नै नबिल बैंक हो । बैँककोे मुख्य उद्देश्य अन्तर्राष्ट्रिय व्यवसायको साथसाथै विभिन्न क्षेत्रमा आफ्नो बैंकिङ सुविधा बढाउनु हो । आज भन्दा ३८ वर्ष अघि पहिलो ज्वाइन्ट भेन्चर र कम्प्युटराइज बैंकको रुपमा स्थापना भएको यस बैंकले व्यवसायिक यात्राको थालनी ५ वर्ष पछि एनएबीएसवाईएस बैंकिङ सफ्टवेयरमा आधारित सेवाबाट सुरु गरेको थियो । नबिल नै पहिलो बैंक रहेको हो, जसले सन् १९९० मा मास्टरकार्डको म्यानुअल इम्प्रिन्टर (जिप–ज्याप) मेसिन सुरु गर्यो ।

सन् १९९२ मा बैंकले मास्टर कार्ड क्रेडिड कार्डको सुरुवात गरेको छ । त्यसको अर्को वर्ष पछि बैंक भिसा कार्डमा गएको हो । बैंकको एमटीएम भने सन् १९९५ देखि प्रयोगमा ल्याएको हो । त्यसको लगत्तै सन् १९९७ मा बैंकले पीसीओ मेसिन र भिसा क्रेडिड कार्ड जारी गर्यो ।

स्वफ्ट सर्भिस भने सन् १९९८ मा सुरु भएको हो । सन् २००३ मा फिनाकल कोर बैंकिङ, इन्टरनेट बैंकिङ र एबीबीएस सर्भिस सुरु गरेको थियो ।

सन् २००५ मा भिसा डेभिड कार्ड (इलेक्ट्रोन) जारी भयो । सन् २०११ मा बैंकले अनलाइन खाता खोल्ने प्रणलाीको विकास गर्यो र यूनियन पे अन्तर्राष्ट्रिय सेवा एटीएम र पीओएसबाट प्रदान गर्ने पहिलो बैंक बन्न सफल भयो ।

साथै, सन् २०१२ मा थ्रीडी (सुरक्षित इ–कमर्स) लागू गर्ने पहिलो बैंक बन्यो । बैंकको मोबाइल एपको प्रयोग सन् २०१३ बाट हुँदै आइरहेको छ । सन् २०१४ मा बैंकबाट जारी सम्पूर्ण कार्ड प्रतिस्थापन गरेर ईएमभी कार्डहरू जारी गरियो र इन्टरनेट बैंकिङमा २एफए (मोवीटोकन) सेवा लागू गरियो ।

सन् २०१५ मा अनलाइन कर्पोरेट भुक्तानी सेवाको सुरुवात भयो । सन् २०१७ मा इ–कमर्श प्राप्ति (भुक्तानी गेटवे) र नबिल भाइबर बैंकिङको शुभारम्भ गरियो ।

सन् २०१८ मा एनएफसी कन्ट्याक्टलेस कार्ड जारी गर्ने र युनियन पे इन्टरनेशनल क्यूआर सेवा प्रदान गर्ने पहिलो बैंक बन्न नबिल सफल भयो ।

सन् २०१९ मा फेसबुक प्लेटफर्मबाट च्याटबो ‘नबिना’ को शुभारम्भ, ७ दिन २४ घण्टा ग्राहक सेवा केन्द्र सुरु र एनएफसी कन्ट्याक्टलेस पीओएस मेसिन प्रयोगमा ल्याइयो ।

सन् २०२० मा बैंकको ३६ औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डीजीबैंक’ स्थापनाको घोषणा, फोनबाट कर्जा स्वीकृत गर्ने पहिलो बैंक बन्यो, शाखा काउन्टरहरूमा क्यूआर मार्फत् ‘स्क्यान र विथडङ’ सेवा प्रयोगमा ल्याइयो र हरियो पिन प्रयोगमा ल्याइयो ।

बैंकले सन् २०२१ मा ६ वटा नयाँ सेवाहरू सुरुवात गर्यो । जस अन्तर्गत नबिल स्मार्ट बैंक एममा कार्डहरू एकीकृत गर्ने पहिलो बैंक बन्न सफल भयो । नबिल नगद मेसिन (एनसीएम) प्रयोगमा ल्याइयो । कोर बैंकिङ प्रणाली फिनाकललाई १०.२५ मा स्तरोन्नति गरियो ।

नबिल डीडी बैंक पोटर्ल सार्वजनिक गरियो । अनलाइनबाटै ग्राहक पहिचान गरी खाता खोल्न सकिने सेवाको सुरुवात गरियो । भर्चुअल आईकार्ड जारी गर्न थालिएको छ ।

ठूलो बैंक बन्दै

अब निकट भविष्यमा नबिल नेपालकै ठूलो बैंक बन्ने छ । शक्तिशाली वित्तीय संस्था बन्नका लागि नबिलले नेपाल बंगलादेशलाई आफूसँगै गाभ्दै छ । यसका लागि नबिल र नेपाल बंगलादेश बैंकबीच सैद्धान्तिक सहमति भइसकेको छ ।

यी दुबै बैंकको एकीकृत कारोबार सुरु भए पछि चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक हुनेछ । हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ र बंगलादेश बैंकको १० अर्ब ८ करोड ५४ लाख रुपैयाँ छ । नेपाल बंगलादेश बैंकको सेयर नबिल बैंकले ४३ रुपैयाँमा खरिद गरेको हो । नेपाल बंगलादेश बैंक नबिलसँग गाभिए पछि यसको चुक्ता पुँजी २२ अर्ब ६४ करोड ४२ लाख रुपैयाँभन्दा बढी हुनेछ ।

हरेक क्षेत्रमा अब्बल बन्ने योजना

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकलाई निकटम प्रतिस्पर्धी संस्थाले केही सूचकमा पछि पारेको छ । विगतमा निकटम प्रतिस्पर्धीलाई नबिले अधिकतम सूचकमा पछि पार्दै आइरहेको थियो । तर, चालु आवमा नबिलभन्दा उसका प्रतिस्पर्धी संस्था केही अघि देखिएका छन् ।

नबिल नेपाल बंगलादेश बैंकलाई आफूसँग विलय गरेर आफ्ना प्रतिस्पर्धीलाई उछिन्ने योजनामा छ । गत आर्थिक वर्षसम्म नाफाको आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको थियो । तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमास आइ पुग्दा नाफाको आधारमा नबिल बैंकको स्थान तेस्रो रहेको छ । गत आवमा नबिल बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आवको दोस्रो त्रैमासमा नबिल बैंकको नाफा २ अर्ब १८ करोड रुपैयाँ छ ।

गत आवमा नबिल वितरण योग्य नाफामा पनि अघि रहेको थियो । आव २०७७\७८ मा नबिलसँग ४ अर्ब ७ करोड वितरण योग्न नाफ थियो । चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ४५ करोड रुपैयाँ वितरण योग्य नाफ सहित नबिल तेस्रो स्थानमा छ ।
कुल सम्पतीको आधारमा पनि नबिल बैंक तेस्रो स्थानमा रहेको छ । बैंकसँग ३ खर्ब ४ अर्ब ३१ करोड कुल सम्पत्ति छ । नबिलले प्राप्ती गर्न लागेको नेपाल बंगलादेश बैंक १ खर्ब ५ अर्ब ७९ करोड रुपैयाँ सहित बैंकहरूमध्ये २७ औं धनी हो ।

पर्यावरणलाई प्रतिकूल असर पुर्याउने क्षेत्रमा नबिलले लगानी नगर्ने

नबिल बैंकमा स्थापित बैंकर उपेन्द्र पौड्याल दोस्रो कार्यकालको लागि अध्यक्ष भएका छन् । सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका निभाउँदै आएको बैंकमा उनको प्रवेशसँगै यस्ता कार्य गर्न थप प्रोत्साहन मिलेको छ ।

उनी जोडिएपछि नबिलले पनि यस्तै सामाजिक उत्तरदायित्वसम्बन्धी राम्रा उपलब्धीमूलक काम गर्दै आएको छ । उनी कै मार्गदशनमा नबिल बैंकले मानिस, समाज र वातावरणलाई असर पुर्याउने क्षेत्रमा लागनी नगर्ने त्यसको सट्टा समाजमा सामाजिक उत्तरदायित्व वहन गर्ने तथा पर्यावरणलाई जोगाएर उद्यम व्यवसाय गर्ने इन्टरप्रेनर जन्माउन उद्देश्यका साथ सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ ।

बैंकले समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालीन समाधान गर्ने विश्वास लिइएको छ । नबिलले अब कहिले पनि मानव तथा प्रकृतिलाई प्रतिकूल असर पर्ने वस्तु तथा क्षेत्रमा लगानी नगर्ने अठोट गरेको छ ।

 

हेडलाइन्स