प्रारम्भिक सहमति भएको साढे १ महिनामा नबिलले पायो बंगलादेश बैंकलाई गाभ्ने सैद्धान्तिक सहमति

काठमाडौं । प्रारम्भिक सहमति भएको साढे १ महिनामा नबिल बैंकले बंगलादेश बैंकलाई आफूमा गाभ्ने सैद्धान्तिक सहमति पाएको छ । नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबि) प्राप्ति गर्न राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समितिले प्राप्तिका लागि सैद्धान्तिक सहमति दिएको हो ।

नबिल बैंकले एनबि बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । नबिलले एनबिलाई प्रति सेयर ४३ रुपैयाँका दरले गाभ्ने छ ।

राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएसँगै अब सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) को मूल्यांकन प्रकृया अगाडि बढ्ने छ । सबै काम सकेर असार मसान्तअघि एकिकृत कारोबार गर्ने तयारी छ ।

आईएफआइसीको स्वामित्वमा रहेको सेयर नबिल बैंकको मूख्य लगानीकर्ता विनोकुमार चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गर्ने टुंगो लागेपछि मर्जरको औपचारिक सहमति बनेको थियो । यद्यपी यो विषयमा अदालतमा मुद्दा विचाराधिन छ ।

नबिलले एनबीलाई १००ः४३ को स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो । सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा त्यसमा १० प्रतिशतसम्म तलमाथि भए सोही अनुपातमा गाभ्ने गरि सहमति भएको हो । चौधरी ग्रूपले नेपाल बंगलादेश बैंकमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर चौधरी ग्रूपले किन्ने सहमति भएपछि सो प्रक्रियाअघि बढेको हो ।

दुई व्यापारिक घरानाबीच सेयर खरिद बिक्रीका लागि प्रतिस्पर्धा चलिरहँदा नेपाल राष्ट्र बैंकले नबिलले बंगलादेश बैंकलाई गाभ्ने सैद्धान्तिक सहमति दिएको हो ।

दुबै बैंकबीच धेरै विषय टुंगो लाग्न बाँकी छ । नेपाल बंगलादेश बैंकको सीईओको कार्यकाल सकिएर सीईओविहीन छ भने नबिल बैंकमा पनि सीईओ अनिल केशरी शाह कार्यकालका अन्तिमतिर छन् । उनको कार्यकाल यहि आगामी असारमा सकिदैछ ।

२ अर्ब चुक्ता पुँजीबाट ८ अर्ब चुक्ता पुँजी पुर्याउँदा ३२ बाट ४ वटा वाणिज्य बैक घटेर २८ मा झरेपनि ८ अर्ब पुँजी पुगेपछि भने वाणिज्य बैंकबीच मर्जरका लागि एक आपसमा भएको दोस्रो सम्झौता हो ।

निजी क्षेत्रको अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंकहरूमा धेरै सूचकांकहरूमा अग्रणी हुनेछ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी करिब साढे २८ अर्ब भन्दा बढी हुनेछ ।

हाल नबिलको चुक्ता पुँजी १८ अर्ब ३० करोड यस्तै नेपाल बंगलादेश बैंक ४३ को स्वाप सेसियोमा गाभिने हुँदा नेपाल बंंगादेश बैंकको हालको चुक्ता पुँजी १० अर्ब ८ करोड ५४ लाखबाट ४ अर्ब ३० करोड भन्दा बढी आउनेछ । यस मर्जरले नबिल बैंक बैंकिङ क्षेत्रको लिडर बैंकको रूपमा उभिने अभियानका जुटेको छ ।

यसअघि ग्लोबल आईएमई र जनता बैंकबीच मर्जर भएर एकीकृत कारोबार सुरु भएको पनि २ वर्ष बढी भइसकेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच हुने भनेको मर्जर भाडिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स