नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आगन्तुक रिसोर्टमा विशेष छुट

काठमाडौं । नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आगन्तुक रिसोर्टले विशेष छुट दिने भएको छ ।

सोमबार नेपाल बैंक र आगन्तुक रिसोर्टबीच यससम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पाउने भएका हुन् ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स