बैंकहरुको निक्षेप बढ्न सकेन

काठमाडौं । फागुनको दोस्रो साता पनि वाणिज्य बैंकहरुले निक्षेप बढाउन सकेका छैन । फागुनको दोस्रो साता बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ । निक्षेप बढ्ने आशमा बैंकहरुले फागुन महिनामा निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर घोषणा गरेका छन् । ब्याजदर बढाइ पनि निक्षेप संकलन भने निरासजन नै देखिएको छ ।

बैंकहरुसँग फागुन ६ गते ४३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन १३ गते भने निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप एक अर्बले बढे पनि कर्जा भने ६ अर्ब रुपैयाँले विस्तार भएको छ । फागुन १३ गतेसम्म बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फागुन ६ गते बैंकहरुले प्रवाह गरेको कर्जा ४१ खर्ब ५९ अर्ब रुपैयाँ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स