कामना सेवा विकास बैंकको थप ३ स्थानमा शाखा रहित बैंकिङ सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले थप ३ स्थानमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

मोबाइल एपमार्फत बैंकले उक्त ३ स्थानको शाखारहित बैंकिङको उद्घाटन गरेको थियो ।

उक्त शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंके जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स