नेष्डो समृद्द लघुवित्तको सेयरमा साढे ३९ गुणा आवेदन, २५ लाखभन्दा धेरैको हात खाली

काठमाडौं । नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपीओमा माग भन्दा ३९ गुणा बढीको आवेदन परेको छ । आईपीओमा आवेदन दिने अन्तिम दिन आज आइतबार बेलुका ५ बजेसम्ममा २५ लाख ९९ हजार ५ सय ९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

माग भन्दा बढीको आवेदन परेकोले यो आईपीओ पनि बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ । जस अनुसार ७७ हजार ४ सय ५६ जनाले मात्र सेयर पाउने छन् । आवेदन दिनेमध्ये २५ लाख बढीले सेयर पाउँने छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स