महालक्ष्मी विकास बैंक २० औं साधारणसभा

काठमाडौँ । महालक्ष्मी विकास बैंंकको २० औं साधारणसभा सम्पन्न गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोन सेयर दिने भएको छ । बैंकको स्थगित २० औं वार्षिक साधारणले शुक्रबार यस्तो निर्णय गरेको हो । यसबाहेक बैंकले कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रज्ञा भवन कमलादीमा शुक्रबार भएको साधारणसभाले आर्थिक वर्ष २०७७\७८ को सञ्चित मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।

साधारणसभापछि बसेको सञ्चालक समितिको बैंकले राजेश उपाध्यायलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेकोछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स