बैंकका ग्राहकलाई सेवा र सामग्री खरिदमा छुट दिने गरी एनसीसी बैंकले गर्याे सुमेरु सिटी अस्पताल र २ अप्टिकल केन्द्रसँग सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सुमेरु सिटी अस्पताल र अन्य २ अप्टिकल केन्द्रसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने उदेश्यले उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट तथा क्रेडिट कार्डका साथै मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज लगायतमा १० प्रतिशत छुट पाउने छन ।
उक्त छुट ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, युएसजी ईईजी सीटी स्क्यान पीएफटी र अन्य केहिमा पनि लागु हुनेछ ।

यसैगरी एनसीसी बैंकले सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटी संग पनि सम्झौता गरेको छ । अप्टिकलले उक्त बैंकको डेबिट तथा क्रेडिट कार्डका साथै मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा अप्टिकल्स सामाग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्रदान गरीने बताइएको छ ।

२५ वर्ष देखि सेवा प्रवाह गर्दै आएको बैंकका हाल ७ वटै प्रदेशमा गरी १ सय ३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र १ सय १४ एटिएम केन्द्र रहेको बैंकले जानकारी दिएको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स