सानिमा बैंकको नाफा २ अर्ब २७ करोड, ईपीएस २३ रुपैयाँ ५१ पैसा

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गरेको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१६ प्रतिशत बढी हो ।

अघिल्लो आवमा बैंक १ अर्ब ७७ करोड नाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९३ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा २८.४२ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ७० लाख रुपैयाँबाट घटेर २८ करोड ९८ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १० प्रतिशत बढेको छ । जगेडा कोष २९.१८ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १९.७४ प्रतिशत र कर्जा ३०.९७ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ३३ पैसा बढेर २३ रुपैयाँ ५१ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.६३ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६० पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स