वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।

यी लघुवित्तबीच १ बराबर १ अनुपातमा मर्ज हुने प्रस्ताव साधारणसभाबाट पारित गरेका थिए । लघुवित्तहरुबीच गत भदौ १५ मा मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । पुस २९ गते दुवै लघुवित्तबीच मर्जर बारे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

हाल सुर्योदयका सीईओ मर्जरपछि बन्ने संस्थाको सीईओ बन्नेछन् भने हाल ओमीका सीइओ मर्जरपछि बन्ने संस्थाको डेपुटी सीईओ रहने गरी समझदारी बनेको छ।

वोमी लघुवित्तको हाल चुक्तापूँजी ४१ करोड १९ लाख रुपैयाँ रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ। सम्झौताअनुसार मर्जरपछि बन्ने संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स