बैंकदर, निक्षेप दर र रिपो दर बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर, एसएलएफ, निक्षेप दर र रिपो दर बढाएको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सम्बन्धी सर्कुलर जारी गदै बैंकदर, निक्षेप दर र रिपो दर बढाएको हो ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ७ प्रतिशत कायम गरिएको जानकारी गराएको छ । यसअघि यस्तो दर ५ प्रतिशत रहेको थियो ।

यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ४ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ५.५ प्रतिशत कायम गरिएको निर्देशनमा उल्लेख छ ।

यसअघि ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर २ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ३.५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स