ऊर्जा क्षेत्रमा १० प्रतिशत लगानी पुर्याउन बैंक तथा वित्तीय संस्थालाई १ वर्ष म्याद थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउन म्याद थप दिएको छ । यस अघि राष्ट्र बैंकले २०८० असारमसान्तसम्म ऊर्जा क्षेत्रमा १० प्रतिशत कर्जा पुर्याउँनु पर्ने व्यवस्था गरेको थियो । तर, नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सम्बन्धी सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई ऊर्जा क्षेत्रमा १० प्रतिशत कर्जा पुर्याउनका लागि २०८१असार मसान्तसम्मको म्याद थप गरेको हो ।

अब बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा अनिवार्य १० प्रतिशत लगानी गर्नु पर्ने भएको छ । १० प्रतिशत लगानी एकै पटक पुर्याउनु पर्ने दवाव भने बैंक तथा वित्तीय संस्थालाई छैन । उनीहरुले २०८२ असार मसान्तसम्म कुल प्रवाहित कर्जाको १० प्रतिशत लगानी ऊर्जा क्षेत्रमा गर्नु पर्नेछ । यसक लागि राष्ट्र बैंकले प्रत्येक वर्ष कति लगानी गर्ने भनेर तोकिदिएको छ ।

२०७९ असार मासन्तमा १२ प्रतिशत, २०८० असार मसान्तमा १३ र २०८१ असार मसान्तमा १४ र २०८२ असार मासन्तमसम्म भने १५ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा हुनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स