काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउन म्याद थप दिएको छ । यस अघि राष्ट्र बैंकले २०८० असारमसान्तसम्म कृषि क्षेत्रमा १५ प्रतिशत कर्जा पुर्याउँनु पर्ने व्यवस्था गरेको थियो । तर, नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सम्बन्धी सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा १५ प्रतिशत कर्जा पुर्याउनका लागि २०८२ असार मसान्तसम्मको म्याद थप गरेको हो ।
अब बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा अनिवार्य १५ प्रतिशत लगानी गर्नु पर्ने भएको छ । १५ प्रतिशत लगानी एकै पटक पुर्याउनु पर्ने दवाव भने बैंक तथा वित्तीय संस्थालाई छैन । उनीहरुले २०८२ असार मसान्तसम्म कुल प्रवाहित कर्जाको १५ प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नु पर्नेछ । यसक लागि राष्ट्र बैंकले प्रत्येक वर्ष कति लगानी गर्ने भनेर तोकिदिएको छ ।
२०७९ असार मासन्तमा १२ प्रतिशत, २०८० असार मसान्तमा १३ र २०८१ असार मसान्तमा १४ र २०८२ असार मासन्तमसम्म भने १५ प्रतिशत लगानी कृषि क्षेत्रमा हुनु पर्नेछ ।