संस्थापकले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति राष्ट्र बैंकबाट लिनु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरधनीको सेयर खरिद बिक्री विवरण निगरानी गर्ने भएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सम्बन्धी सर्कुलर जारी गरेर संस्थापक सेयरधनीले सेयर खरिद बिक्री गर्नु पूर्व नेपाल राष्ट्र बैंकसंग अनिवार्य स्वीकृति लिनु पर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ, ‘कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सो भन्दा बढीे संस्थापक शेयर धारण गर्ने वा गरेका शेयरधनीले सो संस्था बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक शेयर खरिद/बिक्री गर्नुपूर्व अनिवार्य रुपमा यस बैंकको स्वीकृति लिनु पर्नेछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स