काठमाडौं । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ ।
यसलाई नै निरन्तरता दिदै यस बैंकले ई–कमर्श साईट बजेट पसल डट कमसँग सामान खरिदमा ५% छुटको लागि सम्झौता गरेको छ ।
सम्झौता अनुसार यस बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाईनबाट ३ हजार भन्दा माथिका दैनिक उपभोग्य तथा ईलेक्ट्रोनिक्स सामान खरिद गरी यस बैंकको मोबाईल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्नुहुँदा तत्काल ५% छुट प्राप्त गर्र्न सक्नेछन् ।
साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाईल बैकिङ, र्ईन्टरनेट बैकिङ, क्यू.आर. कोड, अनलाईन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।