राष्ट्रिय वाणिज्य बैंकको नाफा घट्यो, सम्पत्ति भने ३ खर्ब नाघ्यो

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आव २०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित गरेको । बैंकले यस अवधिमा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।

यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।

आ.व. २०७७/७८ को बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ९ अर्ब ४५ करोड थियो । गत आवमा कुल संचालन आम्दानी ९ अर्ब ७६ करोड रहेको छ भने अघिल्लो आवमा. १० अर्ब ७० करोड रहेको थियो ।

गत आवमा संचालन नाफा ५ अर्ब ९ करोड भएको छ । अघिल्लो आवमा बैंकको यस्तो नपाm ५ अर्ब ९४ करोड रुपैयाँ थियो । कुल समग्र आम्दानी ६ अर्ब ३७ करोड छ भने अघिल्लो आवमा यस्तो आम्दान ि२ अर्ब ४८ करोड थियो ।

वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो आवमा ४४ करोड ७७ लाख रहेको छ । यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।

२०७८ असार मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा लगानी १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा लागनी २५ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७७/७८ मा बैैंंकको सेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैंयाले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ ।

बैंकको पुँजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत रहेको छ । निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, ब्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिसेयर आम्दानी ४१.३२ रहेको छ ।

आ.व.२०७७÷७८ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकांक परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स