प्रभु बैंकको नाफा २ अर्ब माथि, ईपीएस पनि १७ रुपैयाँ पुग्यो

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अहिले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८.४५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब १९ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो

बैंकको खुद ब्याज अम्दानी ११ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढ्दा बैंकको नाफा बढेको हो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँबाट बढेर १७ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ छ ।

बैंकको पूँजी १० प्रतिशतले बढेर ११ अर्ब ३४ करोड पुगेको छ । जगेडामा ४ अर्ब ४५ करोड छ । निक्षेप संकलन २८ प्रतिशतले बढेर १ खर्ब ६४ अर्ब पुगेको छ । कर्जा लगनी ३६ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब पुगेको छ । बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट घटेर १.६८ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स