लक्ष्मी बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

काठमाडौं । लक्ष्मी बैंकले भक्तपुर जिल्लाको सोही नगरपालिकाको वडा नं. १० को कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ ।

यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका पुर्याउने लक्ष्य राखेको जनाएको छ ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैंकले जनाएको छ ।

नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २५ सयभन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स