ऋण लिएर सेयर किन्ने प्रति अझै कठोर बन्दै राष्ट्र बैंक

काठमाडौं । ऋण लिएर सेयर किन्ने प्रति राष्ट्र बैंक अझै कठोर बन्ने भएको छ । चालु आवको मौद्रिक नीति मार्फत् सेयर धितो कर्ताको सीमा तोकेको राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा मार्फत् यस्तो कर्जाको ब्याजदर बढाउने तयारी गरेको छ ।

चालु आवको मौद्रिक नीति जारी हुनु अघिसम्म लगानीकर्ताले आफूसँग भएको सेयर धितोमा राखेर जति पनि कर्जा लिन पाउँथे । तर मौद्रिक नीतिले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र अधिकतम १२ करोड रुपैयाँको सीमा तोकिदियो ।

राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समिक्षा मार्फत् सेयर धितो कर्जामा लाग्ने ब्याजदर बढाउन खोजेको छ ।

अर्धवार्षिक समिक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरावलोकन गरिनेछ ।’

राष्ट्र बैंकले सेयरमा गरिने लगानीलाई अनुत्पादक मान्दै आएको छ । सेयर धितोकर्ता लगायत अनुत्पादक क्षेत्रमा हुने कर्जाको ब्याजदर बढाएर उत्पादनमुलुक क्षेत्रमा प्रवाह गरिने कर्जाको ब्याजदर घटाउने राष्ट्र बैंकको तयारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स