पुनरकर्जा अब कोभिड अतिप्रभावितलाई मात्रै दिने राष्ट्र बैंकको रणनीति

काठमाडौं । नेपालको वित्तीय बजार तरलताको चापमा परिरहेका बेला नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधा हटाउने भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले पुनरकर्जा सुविधा क्रमशः हटाउदै लैजाने निर्णय गरेको हो । राष्ट्र बैंकले समीक्षामार्फत पुनरकर्जा दरको सुविधालाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको छ ।

पुनरकर्जा सुविधालाई अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘कोभिड प्रभावित क्षेत्रमा मात्र सहुलियत दिन खोजिएका हो,’ उनले भने ‘अन्य क्षेत्रमा प्रवाह भएको पुनरकर्जा विस्तारै घटाउँदै पछि हटाउने राष्ट्र बैंकको. रणनीति हो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स