बैंकहरुले ऋणीको किस्ता घटाउन पाउने

काठमाडौं । बैंकहरुले ऋणीको किस्ता घटाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामा बैंकहरुले ऋणीको किस्ता घटाउन सक्ने व्यवस्था गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका ऋणीहरुमध्ये कोभिड–१९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ,’ मौद्रिक नीतिमा लेखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स