आईएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गरेको छ । यस हिसाबमा माघ २८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर सफ्टवेयर मार्फत चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स