टेलिकमको नाफा घट्यो, ईपीएस पनि ५० रुपैयाँभन्दा तल

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको अन्त्यसम्म ७ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.५४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ थियो । बिक्री आम्दानी बढेपनि अन्य आम्दानी घटेको कारण खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.७१ प्रतिशत बढेको छ । टेलिकमको कुल आम्दानी ३.१४ प्रतिशत घट्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष भने ६.२० प्रतिशत बढेको छ ।

कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ६४ रुपैयाँ ९९ पैसा रहेको कम्पनीको ईपीएस गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ रुपैयाँ ६९ पैसामा झरेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ६४४ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.४४ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स