एनएमबि बैंकले ७७.५ मेगावाटको रेमिट हाइड्रोमा लगानी गर्ने

काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीबीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ ।

एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह-वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने छ ।

घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहने जानकारी गराईएको छ । एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी इन्भाइरोमेन्टल एण्ड सोसियल सिक्स म्यानेजमेन्ट, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (इन्भाइरोमेन्टल एण्ड सोसियल पोलिसी) तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (इन्भाइरोमेन्टल एण्ड सोसियल म्यानेजमेन्ट सिस्टम) लागु गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स